PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

स्वतन्त्रता दिवस मनाइरहँदा सिकागोमा चल्यो गोली, ६ जनाको मृत्यु



पहिलोपोस्ट

स्वतन्त्रता दिवस मनाइरहँदा सिकागोमा चल्यो गोली, ६ जनाको मृत्यु
Photo : EPA

अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा २२ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरेको छ। घटना भए लगत्तै फेला परेका प्रमाणहरुका आधारमा प्रहरी उनको खोजीमा जुटेको थियो। रोबर्टले एक घरको माथिल्लो तल्लाबाट ‘हाइ पावर्ड राइफल’ को प्रयोग गरेर मानिसहरुलाई निशाना बनाएका थिए। परेड सुरु भएको केही मिनेटमा नै उनले गोली चलाउन सुरु गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

पछिल्लो समय अमेरिकामा हरेक हप्ता सार्वजनिक स्थानमा गोली चल्ने क्रम बढेको छ। यस्ता घटना बढेपछि बन्दुक राख्न पाउने अधिकार कटौतीका लागि प्रयास पनि भइरहेका छन्।

सिकागोको घटनामा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू ‘स्तब्ध’ भएको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell