PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी, उद्देश्य : नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण



पहिलोपोस्ट

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी, उद्देश्य : नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ। शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक संचालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए।

प्रशिक्षक प्रशिक्षण संचालन गरि देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिने उनले बताए। समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समीक्षा र पाँच दलीय गठबन्धनमा भएका कमीकमजोरीमा थप प्रस्ट हुनुपर्ने ठहर गरेको छ। महासचिव भुसालका अनुसार बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर गर्नुपर्ने विषयमा छलफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell