रसियाले युक्रेनमाथि आक्रमण गरको १३२ दिनमा लुहान्स्क शहर नियन्त्रणमा लिएको छ। निकै महत्वपूर्ण मानिएको यो शहरलाई रसियाली सैनिकहरुले नियन्त्रणमा लिन सफल भएको अलजजिराले उल्लेख गरेको छ। यस्तै, लिसिचान्स शहरमाथि पनि रसियाली सेनाले पूर्ण नियन्त्रण कायम गरेको छ।
रसियाले युक्रेनका दुई विद्रोही क्षेत्र लुहान्स्क र डोनबासलाई स्वतन्त्र राज्य घोषणा गरेपछि नै युद्धको सुरुवात भएको थियो। लुहान्सकमाथि जित हासिल गरेपछि रसियाली सेना अब डोनबास क्षेत्रमा केन्द्रित भएका छन्।
लुहान्स्क रसियाले नियन्त्रणमा लिएपछि युक्रेनका राष्ट्रति भोलोदिमिर जेलेनस्कीले सम्भावित खतरालाई मध्यनजर गर्दै आफूहरुसँग पछि हट्नेबाहेक अरु उपाय नभएको बताएका छन्। यता, लुहान्सकलाई ‘स्वतन्त्र’ बनाएकोमा रसियालका राष्ट्रपति भ्लादमीर पुटिनले सेनालाई बधाइ दिएका छन्।
युद्धका कारण युक्रेनबाट हालसम्म ८४ लाखभन्दा बढी मानिस पलायन भइसकेका छन्। यस्तै, दुवै तर्फबाट हजारौंको संख्यामा मानिसको मृत्यु भइसकेको छ।