देवी कालीको रुपमा एक महिलाले चुरोट खाँदै गरेको फिल्मको तस्विर सार्वजनिक भएपछि भारतले विरोध जनाएको छ। क्यानडाको टोरोन्टोस्थित अघा खान म्यूजियममा ‘अन्डर दी टेन्ट’ प्रोजेक्ट अन्तर्गत एक फिल्मको तस्विरमा देवी कालीले चुरोट तान्दै गरेको रुपमा प्रस्तुत गरिएपछि क्यानडास्थित भारतीय राजदूतावासले विरोध जनाएको हो।
एक विज्ञप्ति जारी गर्दै दूतावासले यस विषयमा क्यानडा सरकार र आयोजकलाई अवगत गराइसकेको जनाएको छ। दूतावासले उक्त विवादित तस्विरलाई हटाउन माग समेत गरेको छ।
तस्विर सार्वजनिक भएपछि क्यानडास्थित दूतावासले आधिकारिक रुपमा विरोध जनाउनुअघि नै भारतका विरोध प्रदर्शन भएको थियो। उनीहरुले सो तस्विरले धार्मिक भावना आहत भएको बताएका छन्।
लिना मनिमेकलाईले ट्वीटमा सो तस्विर सार्वजनिक गरेपछि विवाद सुरु भएको हो। उनले ‘रिदम्स अफ क्यान्डा’ अन्तर्गत आफूले सो फिल्म बनाएको बताएकी छिन्। लिला हाल क्यानडामा अध्ययनरत छिन्। उनले कालीलाई जुन रुपमा देखाइएको छ त्यो ‘मानवताको स्वरुप भएको र विविधताको सम्मान गर्ने खालको भएको’ दाबी गरेकी छिन्। उनले आफ्नो स्वतन्त्र रुपमा काली देख्ने समेत बताएकी छिन्।
Super thrilled to share the launch of my recent film - today at @AgaKhanMuseum as part of its “Rhythms of Canada”
— Leena Manimekalai (@LeenaManimekali) July 2, 2022
Link: https://t.co/RAQimMt7Ln
I made this performance doc as a cohort of https://t.co/D5ywx1Y7Wu@YorkuAMPD @TorontoMet @YorkUFGS
Feeling pumped with my CREW❤️ pic.twitter.com/L8LDDnctC9
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता बिनीत योगनले देवीलाई यसरी देखाउँदा भारतीयको भावनामा ठेस पुगेको प्रतिक्रिया दिएका छन्। भारतमा सो तस्विरलाई लिएर लिलाविरुद्ध प्रहरीमा उजुरी समेत दर्ता भएको छ।
सार्वजनिक तस्विरमा ‘रेन्बो फ्ल्याग’ समेत देखिएको छ। यसबारेमा लिला भन्छिन्, ‘मेरो फिल्ममा काली मेरो आत्मालाई छनोट गर्छिन्। त्यसपछि एक हातमा प्राइड फ्ल्याग र अर्कोमा क्यामरा लिएर देशको मूल निवासी, अफ्रिकी, एसियाली, फारसी मूलका मानिससँग भेट्छिन्। क्यानडाको सानो संसारमा रहने यहूदी, इसाइ र मुसलमान सुमुदायसँग पनि उनी भेट्छिन्।’
लिलाले यसअघि सन् २००७ मा पनि आफ्नो डकुमेन्ट्री फिल्ममा पनि देवीहरुलाई प्रस्तुत गरेकी थिइन्। त्यसपछि सन् २०१९ मा ‘मादाती एन अन्फेयरी टेल’मा पनि उनले एक दलित युवतीलाई देवीको रुपमा पूजा गर्ने कथा पेस गरेकी थिइन्।
तस्विरबारे विवाद बढ्दै जाँदे उनले कलाकारहरु डराउन नहुने र आफ्नो आवाजलाई थप बलियो बनाउनुपर्ने बताएकी छिन्।