PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह नेपालको राष्ट्रिय विभूति



पहिलोपोस्ट

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह नेपालको राष्ट्रिय विभूति

काठमाडौं : सरकारले जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ।

असार पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। असार २० गते राजपत्रमा नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याउन योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्६रिय विभूतिमा समावेश गर्ने निर्णय गरिएको उल्लेख गरिएसँगै नेपालको राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ।

सिंहलाई राष्ट्रिय विभूति घोषित गर्नुपर्ने माग पहिलैदेखि चलिआएको थियो। उनको नामा हुलाक टिकट भने यसअघि नै प्रकाशनमा आएको थियो।

बझाङ्गी राजा सिंहले वि सं १९५८ मा गोरखापत्र प्रकाशनमा ल्याएका थिए। उनले लेखेको ‘अक्षराङ्क शिक्षा’ लाई नेपाली भाषाको पहिलो पाठ्यपुस्तकका रुपमा लिने गरिन्छ। उनले नेपालको शिक्षा क्षेत्र उत्थानका लागि धेरै प्रयासहरु गरेका थिए। सत्यवादी पाठशाला खोल्नेदेखि राणाविरुद्ध मोर्चा सम्हाल्ने कार्यमा समेत उनी संलग्न थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell