PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुईजना डेब्यू कलाकारसँग फिल्ममा देखिँदै सलोन, ‘मीलन’ कात्तिकमा रिलिज हुने



पहिलोपोस्ट

दुईजना डेब्यू कलाकारसँग फिल्ममा देखिँदै सलोन, ‘मीलन’ कात्तिकमा रिलिज हुने

काठमाडौं: सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’ आगामी कात्तिकको पहिलो साता प्रदर्शन हुने भएको छ। ६ महिना अघि छायांकन सकिएको यो फिल्मको डबिङको सम्पूर्ण काम सकिएको समेत निर्माण टिमले बताएको छ।

फिल्ममा सलोनका साथै कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

अभिनेता कुशल शाह ठकुरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्। यस्तै अभिनेत्री शिल्पाको पनि यो पहिलो फिल्म हो। शिल्पा टिकटकमा स्टार समेत हुन्।

प्रेम कथामा आधारीत यस फिल्ममा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने चलचित्रका निर्देशक टेक पौरखी राईले जानकारी दिए। फिल्मको कथा पनि राईले नै लेखेका हुन्। यसअघि  निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell