PahiloPost

Jul 3, 2024 | २० असार २०८१

जेरीको दोस्रो सिरिजमा पनि अनमोल केसी



पहिलोपोस्ट

जेरीको दोस्रो सिरिजमा पनि अनमोल केसी
Photo : Saroj Neupane / Facebook

काठमाडौं : हेमराज बिसीको निर्देशनमा फिल्म ‘जेरी २’ बन्ने घोषणा भएको छ। जेरीको दोस्रो सिरिजको मुख्य भूमिकामा अभिनेता अनमोल केसी नै अनुबन्धित भएका छन्।

फिल्म निर्माण टिम र अनमोलबिच लिखित सहमति भइसकेको निर्माता सरोज न्यौपानेले जानकारी दिए। फिल्ममा अनमोल फाइनल भए पनि अन्य कलाकारहरू टुंगो लाग्न बाँकी नै छ।

हेमराज बिसीको नै कथा रहेको फिल्मको निर्माता सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ हुन्।

अनमोलका अन्य फिल्मसँगको छायांकन सेड्युल मिलाएर ‘जेरी २’ सुटिङमा जाने तयारी गरेको निर्माण टिमले बताएको छ। नेपालसहित अमेरिका र अस्ट्रेलियामा यस फिल्मको छायांकन गरिनेछ। फिल्मलाई २०८० सालको दशैंमा रिलिज गर्ने योजना रहेको न्यौपानेले सुनाए।

अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जेरी’ सन् २०१४ मा रिलिज भएको थियो। रोमान्टिक जनरामा बनेको यस फिल्मलाई युवापुस्ताले निकै रूचाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell