PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पोलिटब्यूरो र स्थायी कमिटी गठनको तयारीका लागि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित



पहिलोपोस्ट

पोलिटब्यूरो र स्थायी कमिटी गठनको तयारीका लागि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ। स्थायी कमिटी र पोलिटब्यूरो गठनको तयारीका लागि बैठक स्थगित भएको माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए।

'तयारी गर्नुपर्‍यो भनेर स्थगति भयो,'उनले भने।

आइतवारदेखि राजधानिको प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा विभिन्न ९ वटा एजेन्डामाथि छलफल भइरहेको छ। आइतवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।  प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ। सोमवार प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यले धारणा राखेका थिए। 

पोलिटब्यूरो र स्थायी कमिटीको गठन गर्ने माओवादीले तयारी गरेको छ। तर पदाधिकारी चयनबारे भने माओवादीमा विवादका कारण हुन सकेको छैन। महासचिव बन्ने होडमा वर्षमान पुन र जनार्दन शर्मा छन्। उनीहरु दुवै पछि नहट्दा पदाधिकारी चयन अन्यौल बन्दै गएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell