PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'हरेक पालिका अस्पतालमा आँखा र दाँतको उपचार'



पहिलोपोस्ट

'हरेक पालिका अस्पतालमा आँखा र दाँतको उपचार'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन्। नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढी रहेको बताए।

उनले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने लक्ष्य सरकारको रहेको समेत बताए। साथै, वृद्धवृद्धाहरुको माग आँखा र दाँतको उपचारका लागि धेरै हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरेर सरकार अघि बढेको पनि उनले बताए।

खापुङले सरकारले निर्माण गर्ने पालिकाका अस्तालमा आयुर्वेदिक चिकित्साको पनि छुट्टै सेवा हुन आवश्यक रहेकोमा जोड दिएका छन्। सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संरक्षण हुन नसक्दा नाजुक स्थितिमा पुगेको भन्दै उनले वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell