PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

अमेरिकामा फुटबलर नवयुग र भरत खवाससहित दुई पत्रकार सम्मानित



पहिलोपोस्ट

अमेरिकामा फुटबलर नवयुग र भरत खवाससहित दुई पत्रकार सम्मानित

काठमाडौंः नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ। सम्मानित हुनेमा फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी रहेका छन्।

अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आर्टले सम्मान गरेको हो। चारै जनालाई डिस्ट्रिक्ट आर्टका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरेका हुन।  सिंहलाई नेपाल खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपुर्ण योगदानका कारण सम्मान गरेको हो भने अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell