PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

हिन्दु देवदेवीको तस्विर भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशमा एकजना पक्राउ



पहिलोपोस्ट

हिन्दु देवदेवीको तस्विर भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशमा एकजना पक्राउ
Photo : Getty Images

भारतको उत्तर प्रदेशमा हिन्दु देवदेवीको तस्विर भएको समाचारपत्रमा कुखुराको मासु बेचेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गत आइतवार प्रहरीमा केही व्यक्तिले तालिब हुसैनविरुद्ध देवदेवीको तस्विर भएको अखबारमा कुखुराको मासु राखेर बेचेको भन्दै उजुरी दिएका थिए। जब प्रहरी उनको पसलमा पुग्यो तब तालिबले प्रहरीमाथि चाकुले आक्रमण गरेको जनाइएको छ। प्रहरीले तालिबलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले देवदेवीको तस्विरमा ‘नन भेज’ परिकार प्याक गरेर बेच्नेविरुद्ध कारवाही गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell