PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जनालाई धुलिखेल ल्याइँदै



पहिलोपोस्ट

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जनालाई धुलिखेल ल्याइँदै

काठमाडौंः रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

आज बिहान रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए।

त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन। प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ। बस रामेछापबाट काठमाडौं आउँदै गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell