PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

गठबन्धनको जहाज आकाशमा उडिरहेको छ, सेफ ल्याण्डिङ भएको छैन : धनराज गुरुङ



पहिलोपोस्ट

गठबन्धनको जहाज आकाशमा उडिरहेको छ, सेफ ल्याण्डिङ भएको छैन : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जान सक्ने बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा उनले गठबन्धनले सुरक्षित अवतरण नगरे देश दुर्घटनातर्फ जाने बताएका हुन्।

उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बिच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताए।

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं। जहाज उडिसकेको छ। आकाशामा छ। तर ल्याण्डिङ भएको छैन। अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ। जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ। वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ। तर खुट्टा भाँचिन्छ की भन्नेपनि हामीलाई त्रास छ। जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ’  उनले भने।

गठबन्धनमा झगडा भयो भने त्यो दिगो नहुने उनको भनाइ थियो।

‘हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो। हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्नेकुरा हामी आफैँले प्रमाणित हुन्छ। हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्याण्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ,’ उनेल भने।

पढ्नुस : गठबन्धनमा कुर्सीको समस्या सामान्य हो, प्रधानमन्त्री बने पछि थाहा हुन्छ : देउवा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell