PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

माओवादीका पदाधिकारीको नाम प्रचण्डले प्रस्ताव गर्ने



पहिलोपोस्ट

माओवादीका पदाधिकारीको नाम प्रचण्डले प्रस्ताव गर्ने
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीलाई पूर्णता र कमिटी गठनका लागि नेताहरुको नाम प्रस्ताव गर्ने भएका छन्। मंगलवार प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बिस्तारित बैठकपछि अध्यक्ष प्रचण्डले नाम प्रस्ताव गर्ने तय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

'अध्यक्ष कमरेडले भोली नाम प्रस्ताव गर्ने तय भएको छ। बैठकको अध्यक्षता उहाँले नै गर्ने भएकाले नाम प्रस्ताव गर्नुहुन्छ,'ती नेताले भने।

आइतवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सोमवार प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल भएको थियो। मंगलवारको बैठक सुरु हुनु केही समय अघि मात्रै स्थगित भएको थियो। केन्द्रीय सदस्यले पदाधिकारी टुंगो लगाउन प्रचण्डलाई दबाब दिदै आएका छन्। बुधवार बस्ने बैठकमा पदाधिकारी चयनका लागि प्रचण्डले नाम प्रस्ताव गर्ने तय भएको हो। प्रचण्डका प्रेस संयोजक रमेश मल्लले पनि संगठनको ठोस प्रस्ताव बनाउने जिम्मा बैठकले प्रचण्डलाई दिएको जानकारी दिए। 'खुमलटार बैठकले संगठनको ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ,'उनले भने। सबै नेताहरुको सुझावका आधारमा प्रचण्डले प्रस्ताव तयार पार्ने मल्लको भनाइ छ।

माओवादी केन्द्रमा महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माबिच तीब्र प्रतिस्पर्धा छ। २०७८ पुस १८ गते महाधिवेशन सकिएको भए पनि त्यसयताको ६ महिनासम्म माओवादीले अध्यक्ष बाहेक पदाधिकारी छान्न सकेको छैन्। पदाधिकारी,स्थायी कमिटी र पोलिटब्यूरो लगायत ९ एजेण्डामा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell