PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाली क्रिकेट टोली क्यानडासँग भिड्दै



पहिलोपोस्ट

नेपाली क्रिकेट टोली क्यानडासँग भिड्दै

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको सिरिजको तयारीमा रहेको नेपाली टोली यतिबेला क्यानडामा छ। त्यहाँको स्थानीय क्लबसँग दुईवटा अभ्यास खेल खेलेको नेपालले आज क्यानडासँग एकदिवसीय अभ्यास खेल खेल्दैछ। आज राति पौने ९ बजे क्यानडाको मेपल लिफ क्रिकेट मैदानमा खेल सुरु हुनेछ।

नेपालले क्यानडासँग अर्को एकदिवसीय अभ्यास खेलेर स्कटल्याण्ड जानेछ। आईसीसीको एकदिवसीय विश्व वरीयतामा नेपाल १९ औं स्थानमा रहँदा नेपालका दुबै प्रतिस्पर्धी त्यसभन्दा अघि छन्। स्कटल्याण्ड १२ औं स्थानमा छ भने नामिबिया १८ औं स्थानमा छ।

क्रिकेट विश्वकप लिग २ मा नेपाल पाँचौं स्थानमा छ। सात टोलीबीचको एकदिवसीय साइकलमा ओमनले सबै खेल अर्थात ३६ खेल खेलेर ४४ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै दोस्रो स्थानमा रहेको टोली हो स्कटल्याण्ड। उसले २० खेलबाट २८ अंक जोड्दा तेस्रो स्थानमा २२ खेलबाट २६ अंक जोडेको यूएईले। चौथो स्थानमा २४ खेलबाट २३ अंक जोडेको अमेरिका छ। १६ खेलबाट १५ अंक जोड्दै नेपाल पाँचौ स्थानमा रहँदा १४ खेलबाट १४ अंक जोडेको नामिबिया छैटौं र सातौं स्थानमा २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell