PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

सुकुटे बिचमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना समातिए



पहिलोपोस्ट

सुकुटे बिचमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना समातिए
फाइल फोटो

काठमाडौं : सिन्धुपाल्चोकस्थित सुकुटे बिचमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले अनुसन्धानको क्रममा काठमाडौंको कलङ्कीबाट तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शुक्रवार महिला भक्तपुरबाट सुकुटे बिच रमाइलो गर्न भन्दै पुगेकी थिइन्। त्यही सुकुटे बिचमा पुगेका तीन जना युवकले करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

'हामी कहाँ उजुरी परेपछि कलङ्कीबाट पक्राउ गरिएको हो। सुकुटे बिचको टेन्टभित्र करणी भएको भनिएको छ,' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी दक्ष कुमार बस्नेतले भने।

पक्राउ परेका तीन जना युवकले भने आफू टेन्टभित्र गएपनि करणी नगरेको दावी गर्दै आएका छन्। प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण समेत गराएको छ। घटना शनिवार बिहान साढे ३ बजेतिर भएको खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell