PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मधेश सरकारको स्थायी संरचना निर्माण गर्न प्रतिवेदन तयार, जनकपुर चुरोट कारखाना परिसर मुख्य प्राथमिकतामा



पहिलोपोस्ट

मधेश सरकारको स्थायी संरचना निर्माण गर्न प्रतिवेदन तयार, जनकपुर चुरोट कारखाना परिसर मुख्य प्राथमिकतामा

जनकपुरधाम : मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज प्रतिवेदक बुझाएको छ।

जनकपुरधामलाई स्थायी राजधानी घोषणा गरिएपछि सरकारको मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा समिति गठन गरेको थियो। सो समितिले सरोकारवालाहरुसँगको छलफलपछि आफ्नो प्रतिवेदन मुख्यमन्त्री राउतलाई बुझाएको हो।

समितिले राजधानीको मुल संरचनाको लागि जनकपुर चुरोट कारखाना लिमिटेड परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री यादवले बताए।

उनले कारखाना परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेशसभा भवन रहेको क्षेत्रको जग्गामा आवास क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरेको बताए। प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्रिपरिषद्को बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell