PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोरङमा जन्तीमाथि आक्रमण, दुई जना समातिए



पहिलोपोस्ट

मोरङमा जन्तीमाथि आक्रमण, दुई जना समातिए

काठमाडौं : मोरङमा जन्तीमाथि आक्रमण भएको छ।

आज बिहान मोरङ जहदा गाउँपालिका वडा नम्बर २ मझारेस्थित बुदन गन्गाई मण्डलको घरमा हुने विवाहमा मोरङ सुनबर्षी नगरपालिका वडा नम्बर ९ डाईनियाबाट जन्ती गएको थियो। मोरङको जहदा गाउँपालिकामा जन्ती पुगेपछि केही समूहले आक्रमण गरेको थियो।

आक्रमणबाट तीन जना जन्ती घाइते समेत भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै एउटा मोटरसाइकल जलाएका थिए।

प्रहरीले आक्रमण गर्ने समूहका दुई जनालाई पक्राउ गरेको छ। समूहमा सहभागी अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिकाका २३ वर्षीय विकास मण्डल गन्गाई र ४० वर्षीय श्याम यादव रहेका छन्।

घटनामा संलग्न अरूको पहिचान भइसकेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell