PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, थप ९० जनामा संक्रमण



पहिलोपोस्ट

ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, थप ९० जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २० जना संक्रमणमुक्त भएका छन्।

अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ सय १ रहेको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शून्य रहेको छ। हालसम्म संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell