PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

नेपालमा हुने महिला साफमा सहभागिता जनाउन प्रयास गर्दै पाकिस्तान, साफ महासचिवसँग भेट



पहिलोपोस्ट

नेपालमा हुने महिला साफमा सहभागिता जनाउन प्रयास गर्दै पाकिस्तान, साफ महासचिवसँग भेट

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्ध हटेसँगै पाकिस्तान फुटबल फेडेरेसनले साफ च्याम्पियनसिपमा सहभागिता जनाउन छलफल अघि बढाएको छ। फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पाकिस्तानमाथि फिफाले लगाएको प्रतिबन्ध १५ महिनापछि यही हप्ता मात्रै हटेको थियो।

प्रतिबन्ध हटेसँगै पाकिस्तानले नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि छलफल सुरु गरेको छ। पाकिस्तान फुटबल संघले महिला साफमा सहभागिताका लागि साफका महासचिवसँग छलफल गरेको जनाएको छ। त्यस बाहेक आगामी दिनमा हुन लागेको साफका अन्य प्रतियोगितामा पनि सहभागिता जनाउन पाकिस्तानले पहल सुरु गरेको जनाएको छ।

शनिवार साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा आज नेपालको प्रस्ताव स्वीकृत भएसँगै महिला साफ नेपालमा हुने निश्चित भएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell