PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वाग्मती प्रदेश प्रमुख शर्माले गरे दुई वटा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

वाग्मती प्रदेश प्रमुख शर्माले गरे दुई वटा विधेयक प्रमाणीकरण

हेटौँडा : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलवार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

वाग्मती प्रदेशसभाको असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयक प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अकिृधत प्रकाश चापागाईंले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell