PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सर्लाहीबाट काठमाडौं आउँदै गरेका दुई युवकको साथमा भेटियो नक्कली नोट



पहिलोपोस्ट

सर्लाहीबाट काठमाडौं आउँदै गरेका दुई युवकको साथमा भेटियो नक्कली नोट

काठमाडौं : प्रहरीले नेपाली नक्कली नोट सहित दुई युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सर्लाहीको बसबरीया गाउँपालिका बस्ने २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गङ्गा कुमार यादवलाई नियन्त्रणमा लिएको हो। काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङ चेकपोइन्टमा चेक गर्ने क्रममा सर्लाहीबाट आउँदै गरेको ना ३४ प ५५७० नम्बर मोटरसाइकलमा आएका उनीहरूको साथमा नक्कली नोट भेटिएको हो।

प्रहरीले उनीहरूको साथबाट एक हजार दरको २७ वटा नोट फेला पारेको हो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४, परिच्छेद-२२ को मुद्रासम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell