PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतबाट आलुको बोरामा ८३ लाखभन्दा बढी रकम ल्याउँदै गर्दा धनुषाबाट दुई जना समातिए



पहिलोपोस्ट

भारतबाट आलुको बोरामा ८३ लाखभन्दा बढी रकम ल्याउँदै गर्दा धनुषाबाट दुई जना समातिए

जनकपुरधाम : स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकम सहित धनुषाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जनाएको छ।

मंगलवार दिउँसो करिब सावा १ बजे धनुषाको जनकनन्दनी गाँउपालिका-१ ईनर्वा चेक प्वाईन्टको सीमा इलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा राखेर आइरहेकामा शंकाको आधारमा चेक गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो।

प्रहरीले १ हजारको ७ हजार नोट, ५ सयको २ हजार ६९९ नोट, १ सयको १ सय नोट, ५० को १ सय नोट नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीको लागि व्यक्ति, नगद र मोटरसाइकल जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell