PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय, अर्थमन्त्री शर्माबारे देउवाले के भने?



पहिलोपोस्ट

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय, अर्थमन्त्री शर्माबारे देउवाले के भने?

काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

‘विधेयक फिर्ता लिने निर्णय भएको हो,’ उनले भने।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो। गठबन्धनको सहमति अनुसार विधेयक फिर्ता लिने निर्णय भएको हो।

सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुका अनुसार अर्थमन्त्री जनार्दन शर्माका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले केही उल्लेख गरेनन्।

‘अर्थमन्त्रीका बारेमा केही भन्नु भएको छैन्,’ माओवादी केन्द्रका एक मन्त्रीले भने।

मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज डिलिट गराएको भन्दै शर्मा थप विवादित बनेका छन्। शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत मान्छेलाई संलग्न गराएको आरोप लागेको छ। देउवाकै दलका नेताहरुले शर्मालाई पदबाट हटाउनुपर्ने माग गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell