PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सर्लाहीको हरिवनबाट हतियारसहित एकजना व्यापारी पक्राउ



पहिलोपोस्ट

सर्लाहीको हरिवनबाट हतियारसहित एकजना व्यापारी पक्राउ

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका-११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ। पेस्तोल र गोलीसहित हरिवन-११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ। दासले हरिवन बजारमा संचालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको ताम्रकारले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell