PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पहिरोले काठेखोलाका पाँच परिवार विस्थापित



पहिलोपोस्ट

पहिरोले काठेखोलाका पाँच परिवार विस्थापित
FILE PHOTO

काठमाडौं : वर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका-७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ। 

सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन्। अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ।

 काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell