PahiloPost

Jun 24, 2025 | १० असार २०८२

बेलायतका अर्थमन्त्री र स्वास्थ्य मन्त्रीले दिए राजीनामा, 'देशको हितमा बोरिसले काम गर्न सक्दैनन्'



पहिलोपोस्ट

बेलायतका अर्थमन्त्री र स्वास्थ्य मन्त्रीले दिए राजीनामा, 'देशको हितमा बोरिसले काम गर्न सक्दैनन्'
Photo : Reuters

बेलायतका अर्थ मन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जावेदले राजीनामा दिएका छन्। बोरिस जोनसन नेतृत्वको सरकारले गरिरहेको कामप्रति असन्तुष्टी जनाउँदै उनीहरुले राजीनामा दिएका हुन्।

राजीनामा दिँदै सुनकले भनेका छन्, ‘सरकार आफ्नो क्षमता र गम्भीरताका साथ चलोस् भन्ने मानिसहरुको उम्मिद ठिक हो। हामीहरु यसकै लागि लड्नुपर्छ। त्यसैले मैले राजीनामा दिएँ।’ उनले बेलायतले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको समेत बताएका छन्।

जावेदले भने बोरिसले राष्ट्र हितमा काम गर्न नसक्ने भन्दै राजीनामा दिएको बताएका छन्।

पछिल्लो समय बोरिस उनकै पार्टीका सांसद र नेताहरुको आलोचना सुन्न बाध्य छ। उनको कार्य क्षमताका साथै कोरोना भाइरस संक्रमणका बेला ‘पार्टी’ गरेको विषयमा बोरिस विवादित बन्दै आएका छन्।  

उनीहरुको ठाउँमा नदिम जहावी र स्टिभ बारक्लेलाई मन्त्री बनाउने तयारी भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell