PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपाल र क्यानडाबिचको खेल रद्द, वर्षा बाधक



पहिलोपोस्ट

नेपाल र क्यानडाबिचको खेल रद्द, वर्षा बाधक
Photo: CAN

काठमाडौं: नेपाली क्रिकेट टोली र क्यानडाबिच गएराति हुने भनिएको एकदिवसीय अभ्यास खेल वर्षाका कारण रद्द भएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियाको सिरिजको तयारीका लागि क्यानडा पुगेको नेपाली टोली र क्यानडाको टोलीबिच तय पहिलो खेलमै वर्षा बाधक बनेको हो।

नेपालले अब एक अभ्यास खेल क्यानडासँग खेलेर स्कटल्याण्ड जानेछ। क्रिकेट विश्वकप लिग २ मा वरीयता सुधार्न नेपालको लागि स्कटल्याण्ड सिरिज महत्वपूर्ण छ। आईसीसीको एकदिवसीय विश्व वरीयतामा नेपाल १९ औं स्थानमा रहँदा नेपालका दुवै प्रतिस्पर्धी त्यसभन्दा अघि छन्। स्कटल्याण्ड १२ औं स्थानमा छ भने नामिबिया १८ औं स्थानमा छ।

क्रिकेट विश्वकप लिग २ मा नेपाल पाँचौं स्थानमा छ। सात टोलीबिचको एकदिवसीय साइकलमा ओमनले सबै खेल अर्थात ३६ खेल खेलेर ४४ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै दोस्रो स्थानमा रहेको टोली हो स्कटल्याण्ड। उसले २० खेलबाट २८ अंक जोड्दा तेस्रो स्थानमा २२ खेलबाट २६ अंक जोडेको यूएई छ। चौथो स्थानमा २४ खेलबाट २३ अंक जोडेको अमेरिका छ। १६ खेलबाट १५ अंक जोड्दै नेपाल पाँचौ स्थानमा रहँदा १४ खेलबाट १४ अंक जोडेको नामिबिया छैटौं र सातौं स्थानमा २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell