PahiloPost

Jun 24, 2025 | १० असार २०८२

बेँसीशहर-चामे सडक एक साता बन्द हुने



पहिलोपोस्ट

बेँसीशहर-चामे सडक एक साता बन्द हुने
FILE PHOTO

काठमाडौं : बेँसीशहर-चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्य हुने भएका छ। आज बिहान ८ बजेदेखि सुरु भएको सडक निर्माण कार्यका कारण एक हप्तासम्म सो सडकखण्ड बन्द हुने भएको हो।

सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीशहर-चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए। संघीय सरकारको ६० लाख रुपैयाँ लागतमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ।

२०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो। नेपाली सेनाले उक्त सडक २०५७ सालदेखि बनाउने जिम्मा पाएको थियो। सेनाको कार्यगणले २०६९ सालमा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। पैसठ्ठी किलोमिटर दूरीको बेँसीशहर-चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ। बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ। गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो। केहीदिन अघि पनि पहिरोका कारण सडक अवरुद्ध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell