PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कसलाई बनाउलान प्रचण्डले आफ्नो उत्तराधिकारी ?



प्रकाश भण्डारी

कसलाई बनाउलान प्रचण्डले आफ्नो उत्तराधिकारी ?

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनका लागि अध्यक्ष पुष्पकमल दाहाल गृहकार्यमा जुटेका छन्। बिहानैदेखि खुमलटारमा प्रचण्डले पार्टीका नेताहरुसँग पदाधिकारी चयनबारे छलफल थालेका हुन्। माओवादी केन्द्रमा महासचिव पदका लागि आकांक्षीहरुको संख्या बढन थालेको छ। केन्द्रीय कमिटीको तेस्रो केन्द्रीय कमिटीको बैठकलाई रोकेर प्रचण्डले पदाधिकारी चयनका लागि गृहकार्य गरेका हुन्। मंगलवार रातिदेखि नै खुमलटारमा महासचिवका बारेमा नेताहरुबिच छलफल भएको माओवादी निकट स्रोतले जनाएको छ।

माओवादीमा महासचिवका लागि अहिले सबैभन्दा बलियो दाबेदारका रुपमा पछिल्लो समय हरिबोल गजुरेल र शक्ति बस्नेतको चर्चामा छन्। गजुरेलले महासचिवमा आफू बलियो दाबेदार भएको नकारेनन्। 'मेरो स्वभाव तपाईंलाई थाहा नै छ। हामीले जसलाई बनाए पनि बनाउनुस भनेर अध्यक्षलाई भनेका छौं। त्यसमा मलाई बनाए पनि हुन्छ। प्रचण्डले मलाई बन्नुहुन्छ कि पनि भन्नुभएको हो,'उनले भने।

अर्का नेता शक्ति बस्नेत पनि महासचिवको लागि पछिल्लो समय बलियो दाबेदरका रुपमा रहेको माओ‌वादी केन्द्रका नेताहरु बताउँछन्। ८ औं महाधिवेशनका बेला महासचिव बन्नका लागि नेताहरु जनार्दन शर्मा र वर्षमान पुनबिच तीब्र प्रतिस्पर्धा रहेको थियो। त्यसबेला पुन चीनमा उपचाररत थिए। पुन र शर्मा महासचिवको अडानबाट पछि नहटेपछि गजुरेल र बस्नेतको सम्भावना बलियो बनेको हो। पुनले शर्मालाई महासचिवबाट रोक्न रणनीति बनाएको माओवादी वृतमा चर्चा छ। दुबैजनाले एक अर्कालाई महासचिव नस्वीकार्ने अवस्थामा तेस्रो व्यक्तिले महासचिवको जिम्मेवारी पाउने सम्भावना बलियो बनेको हो।

यस्तै, त्यतिबेला देखि नै माओवादीका नेता पम्फा भुसाल र देव गुरुङ पनि महासचिवको दौडमा छन्। त्यसो त प्रचण्डले नेता कृष्णबहादुर महारासँग पनि महासचिव बन्न प्रस्ताव गरेको बताइन्छ।

महाधिवेशन सकिएको ६ महिनासम्म पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन्। अध्यक्ष प्रचण्ड पहिलो केन्द्रीय कमिमटीको बैठकबाट सर्वमसम्मत चयन भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell