PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

अर्थमन्त्रालयका अर्थसचिव मरासिनी घर बिदामा



पहिलोपोस्ट

अर्थमन्त्रालयका अर्थसचिव मरासिनी घर बिदामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माका एकपछि अर्को काण्ड सार्वजनिक भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्।अर्थमन्त्रीका हरेक क्रियाकलापमा 'सही छाप' गरेका मरासिनी अर्थमन्त्री शर्मालाई हटाउन दबाब परिरहेका बेला घर बिदामा बसेका हुन्।

यसबारेमा बुझ्न खोज्दा मरासिनी सम्पर्क आएनन् भने मन्त्रालयका अधिकारीहरुले भने बिदामा बसेको पुष्टि गरेका छन्।

अर्थसचिवको सचिवालयले आज एक दिन स्वास्थको कारण देखाएर मरासिनीले बिदा लिएको जानकारी दिएको छ। श्रीमती बिरामी परेको उनले बताएका छन्। आवश्यक पर्‍यो भने भोलि पनि बिदा लिने उनले मौखिक रुपमा जानकारी गराइएको स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell