PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउने तयारी, पदबाट हटाउनेबारे बालुवाटारमा प्रचण्डको 'नो कमेन्ट'



पहिलोपोस्ट

अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउने तयारी, पदबाट हटाउनेबारे बालुवाटारमा प्रचण्डको 'नो कमेन्ट'

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति बनाउने बारेमा छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास खुमलटारमा मंगलवार राति समिति बनाउनेबारेमा छलफल भएको हो। अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत मान्छेलाई संलग्न गराएर करका दर हेरफेर गराएको आरोप छ।

पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सिसिटिभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उक्त विषयलाई उठाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा शर्माको राजीनामा मागिरहेको छ। राजीनामाका लागि दबाब बढेपछि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहला प्रचण्ड र अर्थमन्त्री शर्मालाई बालुवाटारमा बोलाएर छलफल गरेको देउवा निकट स्रोतले जनायो। उक्त छलफलमा कांग्रेस उपसभापति पूर्ण बहादुर खडका पनि सहभागी थिए। खड्काले पनि छानविन समिति बनाउनुपर्ने धारणा राखेका छन्। उनले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

'बजेट निर्माणको बेलाको बिषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र जनमानसको गंभीर चासोका बिषय बनी सकेपछि यो बिषयलाई बिश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,'खड्काले भनेका छन्। त्यसो त नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि शर्माले राजीनामा दिनुपर्ने नभए देउवाले हटाउनुपर्ने बताएका थिए।

राजीनामा दिन अस्वीकार

उक्त छलफलमा शर्मालाई देउवाले राजीनामा दिन भनेका थिए। तर,देउवाको उक्त प्रस्तावलाई शर्माले अस्वीकार गरेका छन्। 'प्रधानमन्त्रीले राजीनामा दिन भन्नुभयो तर उहाँले दिन्न भन्नुभयो,'देउवा निकट स्रोतले भन्यो। छलफलमा देउवाले शर्माबारे असन्तुष्टि व्यक्त गरेका थिए। 

प्रचण्डले जनाएन प्रतिक्रिया

बालुवाटारमा भएको छलफलमा प्रचण्डले भने अर्थमन्त्री शर्माको राजीनामाबारे भने कुनै प्रतिक्रिया जनाएनन्। नेकपा माओवादी केन्द्रभित्र पनि शर्मालाई राजीनामा गराउनुपर्ने भन्दै नेताहरुले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन्। मंगलवार बसेको पार्टीको केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा प्रचण्डले देउवासँग संवाद गरेर मात्रै निर्णयमा पुग्ने बताएका थिए। यस्तै बुधवारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell