PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’को दोस्रो संस्करणको लागि आवेदन खुला



पहिलोपोस्ट

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’को दोस्रो संस्करणको लागि आवेदन खुला
Mr & Miss Teen World Nepal / Facebook

काठमाडौं : ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’को दोस्रो संस्करणको लागि आवेदन खुला भएको छ।  फेलिज इन्टरनेशनल आयोजक रहेको यस प्रतियोगिताको निर्णायक सार्वजनिकसँगै आवेदन खुला गरिएको हो।

‘मिस्टर एण्ड मिस टिन’मा १६ वर्षदेखि २१ वर्षसम्मका युवा युवतीहरू सहभागी हुन पाउने छन्। अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगिताका विजेता छनौट गर्ने बताइएको छ। यस प्रतियोगिताको अडिसन १६ जुलाईमा द ब्रिटिस कलेज, थापाथलीमा हुनेछ।

पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत प्रतियोगिताको निर्णायकमा रूपमा रहनेछन्।

प्रतियोगितामा प्रथम हुनेले १० अक्टोबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell