PahiloPost

Jun 24, 2025 | १० असार २०८२

अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा बोल्ने विषयमा विवाद देखिएपछि २ बजेसम्मको लागि बैठक स्थगित



पहिलोपोस्ट

अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा बोल्ने विषयमा विवाद देखिएपछि २ बजेसम्मको लागि बैठक स्थगित

काठमाडौं : दिउँसो २ बजेसम्मको लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधिसभाको बैठक १ बजेसम्म पनि बस्न नसकेपछि बैठक स्थगित भएको हो। संसद् सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित भएको जानकारी दिएको छ।

अर्थमन्त्री जनार्दन शर्मा प्रकरणको कारण संसद् बस्न ढिला भएको हो। आज बजेट निर्माणको क्रममा उठेका विवादबारे अर्थमन्त्री शर्माले जवाफ दिने भएका थिए। तर, प्रतिपक्ष नेकपा (एमाले)ले विरोध गर्ने भएपछि सहमति जुटाउन दलका नेताहरू परामर्शमा जुटेपछि ढिला भएको हो।

एमालेले बजेटको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै आएको छ। यता माओवादी केन्द्रले पनि समिति बनाउन आफ्नो पार्टी सहमत भएको जनाएको छ।

अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत मान्छेलाई संलग्न गराएर करका दर हेरफेर गराएको आरोप छ।

पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सिसिटिभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उक्त विषयलाई उठाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा शर्माको राजीनामा मागिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell