PahiloPost

Jun 24, 2025 | १० असार २०८२

पदाधिकारी छान्न नसकेपछि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित



पहिलोपोस्ट

पदाधिकारी छान्न नसकेपछि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। प्रज्ञा प्रतिष्ठानमा बुधवार १ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक रमेश मल्लले बैठक स्थगित भएको जानकारी दिए।

माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभाको बैठकमा व्यस्त भएकाले कमिटी बैठक स्थगित भएको हो। माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बनेपछि मंगलवार बैठक रोकेर प्रचण्डले खुमलटारमै छलफल थालेका हुन्।

बुधवार बिहान पनि पदाधिकारी चयनबारे छलफल भएको थियो। तर, पदाधिकारीको बारे टुंगो लाग्न सकेन। पदाधिकारी चयन नभएपछि प्रचण्डले बुधवारको बैठक पनि स्थगित गरेका हुन्।

आइतवारबाट बैठक सुरु भएकोमा सोमवार सहभागीले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि प्रश्न गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell