PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

न्युजिल्यान्ड पठाइदिने भन्दै ९ जनालाई ठगी गर्ने युवती पक्राउ



पहिलोपोस्ट

न्युजिल्यान्ड पठाइदिने भन्दै ९ जनालाई ठगी गर्ने युवती पक्राउ

काठमाडौं : विदेश पठाइदिने भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई नियन्त्रणमा लिएको हो। उनले ९ जना विभिन्न मानिसलाई न्युजिल्यान्ड पठाइदिने भन्दै रकम ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको महाशाखाका एसपी दिनेश आचार्यले जानकारी दिए।

न्युजिल्यान्डमा मासिक १ लाख ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै ९ जनाबाट ६३ लाख २० हजार रुपैयाँ उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको थियो।

अभियुक्त पौडेललाई प्रहरीले थप अनुसन्धानको लागि विभागमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell