PahiloPost

Jun 24, 2025 | १० असार २०८२

अर्थमन्त्री शर्माको राजीनामाबारे कुरा मिलेन, संसदीय छानबिन समिति बनाउन सत्तारुढ दल तयार



पहिलोपोस्ट

अर्थमन्त्री शर्माको राजीनामाबारे कुरा मिलेन, संसदीय छानबिन समिति बनाउन सत्तारुढ दल तयार

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शर्त दोहोर्‍याएको छ। शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले राजीनामा माग गरेको थियो।

बुधवारको बैठकमा शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेपछि एमालेले उनलाई बहिष्कार गर्ने बताएको थियो। त्यस लगत्तै प्रतिनिधिसभाको बुधवारको बैठक रोकेर सभामुख अग्निप्रसाद सापकोटाले छलफल थालेका थिए।

एमालेले राजीनामा दिनुपर्ने माग गरेको भए पनि अर्थमन्त्री शर्माको राजीनामाका बारेमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबिच कुरा मिल्न नसकेको हो। यद्यपि, संसदीय छानबिन समिति बनाउनेबारेमा भने सहति जुटेको छ। समिति बनाउनका लागि सभामुख सापकोटाले दलहरुका तर्फबाट नाम मागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell