PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सारा अभिनित फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गते रिलिज हुने



पहिलोपोस्ट

सारा अभिनित फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गते रिलिज हुने

काठमाडौं : सारा सिर्पाइलीको मुख्य भूमिका रहेको फिल्म ‘गुञ्जन’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी पुस २९ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए।

यस फिल्मको वितरण अधिकार वितरक कम्पनी एफडी र जीजीए समूहले खरिद गरेका छन्। फिल्मलाई दुई दशकदेखि द्वन्द्व निर्देशनमा सक्रिय अष्ट महर्जनले निर्देशन गरेका हुन्। उनको यो पहिलो निर्देशकीय डेब्यू हो।

प्रेम कथामाथि बनेको फिल्ममा सारा लगायत प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको अभिनय छ।

नेपाल र यूएईको दुबईमा छायाङ्कन गरिएको फिल्मको निर्माता हिरा कृष्ण शाही हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell