PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक



पहिलोपोस्ट

फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक भएको छ। तिहारको अवसरमा आगामी कात्तिक ४ गते रिलिज हुने यस फिल्मको सेप्टेम्बर २४ मा अस्ट्रेलियामा प्रिमियर हुनेछ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजको नेतृत्व गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो।

फिल्मको लागि अनुसन्धान र लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। यस फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’  अवार्ड समेत पाएको थियो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्ममा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्देशक रिमेश अधिकारीको भनाइ छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell