PahiloPost

Jun 24, 2025 | १० असार २०८२

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन, १० दिनभित्र रिपोर्ट दिन निर्देशन



पहिलोपोस्ट

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन, १० दिनभित्र रिपोर्ट दिन निर्देशन

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिन भित्र समितिलाई छानबिनको रिपोर्ट दिन निर्देशन दिइएको छ। प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले समिति गठन भएको जानकारी गराए।

संसदीय छानबिन विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला विक, शक्ति बस्नेत, लक्ष्मणलाल कर्ण, सरला कुमारी यादव, सुरेन्द्र यादव र सिताराम महतो सदस्यका रुपमा छानिएका छन्। समितिले आफूमध्येबाट सभापति छान्न सक्ने छ।

‘समितिको कार्यविधि समिति आफैले सभापतिको चयन व्यवस्थित गर्न सक्ने छ। अरु व्यक्तिको सहयोग लिन। १० दिनको समय दिइएको छ,’ सापकोटाले भने।

पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सिसिटिभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उक्त विषयलाई उठाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा शर्माको राजीनामा मागिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell