PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

६ जना एसएसपीको काज सरुवा : काठमाडौं परिसरमा बोहरा, उपत्यका अपराध अनुसन्धान कार्यालयमा भट्टराई



पहिलोपोस्ट

६ जना एसएसपीको काज सरुवा : काठमाडौं परिसरमा बोहरा, उपत्यका अपराध अनुसन्धान कार्यालयमा भट्टराई

काठमाडौं : नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ। सरुवा अनुसार जिल्ला प्रहरी परिसर,काठमाडौंको जिम्मेवारी एसएसपी भरतकुमार बोहराले पाएका छन्।

परिसरमा कार्यरत एसएसपी सुदीप गिरी डीआइजीमा बढुवा भएपछि पद रिक्त रहँदै आएको थियो। त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनकराज भट्टराईको काज सरुवा भएको छ। एसएसपी विकासराज खनाल लागुऔषध नियन्त्रण ब्युरोमा पुगेका छन्।

नेपाल प्रहरीको प्रवक्ता रहेका एसएसपी विष्णुकुमार केसीको अपराध अनुसन्धान विद्यालयमा सरुवा भएको हो। त्यस्तै, मानवबेचविखन नियन्त्रण ब्युरोमा अनुराग दुवेदीको सुरुवा भएको हो। एसएसपी कुबेर कडायतको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा काज सरुवा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell