PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अर्थमन्त्री शर्मालाई बोल्ने समय दिएपछि एमालेले गर्‍यो संसद् बहिष्कार, ‘अर्थमन्त्रीले संसद्मा बयान दिने होइन, समितिले बयान लिन्छ’



पहिलोपोस्ट

अर्थमन्त्री शर्मालाई बोल्ने समय दिएपछि एमालेले गर्‍यो संसद् बहिष्कार, ‘अर्थमन्त्रीले संसद्मा बयान दिने होइन, समितिले बयान लिन्छ’

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि प्रतिनिधिसभाको बैठकमा समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ। आपत्ति जनाएर एमालेले शर्मालाई बहिष्कार गरेको छ।

एमालेका सांसद योगेश भट्टराईले शर्मालाई संसद्मा मन्त्रीको हैसियतले बोल्ने नैतिक अधिकार नभएको बताए।

‘मन्त्रीबाट राजीनामा दिएर बोल्नुस् हामी सुन्न तयार छौँ। उहाँलाई मन्त्रीको हैसयितमा बोल्ने नैतिक अधिकार छैन्,’ उनले भने।

अर्थमन्त्रीका रुपमा उनलाई अब छानबिन समितिले बयान लिने उनले बताए। आज मात्रै छानबिनका लागि संसदीय विशेष छानबिन समिति बनेको छ।

समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, शक्ति बस्नेत, लक्ष्मणलाल कर्ण, सरला कुमारी यादव, सुरेन्द्र यादव र सीताराम महतो सदस्यका रुपमा छानिएका छन्। समितिले आफूमध्येबाट सभापति छान्न सक्ने छ।

‘समितिको कार्यविधि समिति आफैँले सभापतिको चयन व्यवस्थित गर्न सक्ने छ। अरु व्यक्तिको सहयोग लिन। १० दिनको समय दिइएको छ,’ सभामुख अग्नि सापकोटाले समिति गठन भएको घोषणा गर्दै भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell