PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमालेलाई अर्थमन्त्री शर्माले सोधे : मैले संसद्मा बोल्न नपाउने गरी के कारणले नैतिकता गुमाएँ?



पहिलोपोस्ट

एमालेलाई अर्थमन्त्री शर्माले सोधे : मैले संसद्मा बोल्न नपाउने गरी के कारणले नैतिकता गुमाएँ?

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आफूले नैतिकता नगुमाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई जवाफ फर्काएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा अर्थमन्त्री शर्माले मन्त्रीमा बस्ने र संसद्मा बोल्ने नैतिकता गुमाएको भन्दै उनलाई बहिष्कार गरेपछि शर्माले जवाफ फर्काएका हुन्।

‘मैले संसद्मा आउएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ। न मैले कोरोनामा बदमासी गरेँ। न मैले व्यापारीलाई सामान भित्र्याउन अनुमति दिएँ। न मैले चकलेटको रेट घटाएँ। म के कारणले अनैतिक भए,’ उनले भने।

उनले एमालेले आफ्नाविरुद्ध राजनीतिक पूर्वाग्रह देखाएको बताए। उनले आफ्नाविरुद्ध कथा बनाइएको दावी समेत गरे।

‘जे देखियो पूर्वाग्रहको पराकाष्टा। भर्खरै मानीयको भन्नुभएको भनाइ आफ्नो आदेश जारी गर्नुभयो। उहाँले सैनिकले जस्तै दोषि करार गर्नुभयो। यो पूर्वाग्रहको पराकाष्टा हो,’ उनले भने।

उनले आजै बनेको छानबिन समितिको भने आफूले सम्मान गर्ने बताए।

‘समितिले छानबिन गरोस्। बजेट निर्माण गर्दा कुनै त्रुटी गरेको छैन। आधिकारीक व्यक्तिबाट बजेट निर्माण भएको छ। करको दररेट हेर्ने क्रममा दुईवटा सचिव र दुईवटा डीजीलाई नीतिगत निर्देशन गरेको छ,’ शर्माले भने।

यसैबिच, अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। उनले आफूले छानबिनका लागि सहयोग गर्न पदबाट राजीनामा दिएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell