PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रतिनिधिसभामा अर्थमन्त्रीको प्रश्न : कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु?



पहिलोपोस्ट

प्रतिनिधिसभामा अर्थमन्त्रीको प्रश्न : कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु?

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सीसीटीभी फुजेट डिलिट भएको विषयमा खण्डन गरेका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले आफूलाई सीसीटीभी फुटेजको क्षमताबारे कुनै पनि जानकारी नभएको बताएका हुन्।

अर्थमन्त्री शर्माले भने, 'कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु? कति वर्ष पहिले राखेको सीसीटीभीबारे मलाई कसरी थाहा हुन्छ?'

पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो।

उक्त विषयलाई उठाएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदनमा शर्माको राजीनामा मागेको थियो।

यसैबिच, अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। उनले आफूले छानबिनका लागि सहयोग गर्न पदबाट राजीनामा दिएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell