PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्म ‘पोन्नियिन सेलवान’को पोस्टरमा यस्तो छ ऐश्वर्याको लुक



पहिलोपोस्ट

फिल्म ‘पोन्नियिन सेलवान’को पोस्टरमा यस्तो छ ऐश्वर्याको लुक

फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक नयाँ पोस्टरमा अभिनेत्री ऐश्वर्या राय बच्चनलाई देख्न सकिन्छ।

फिल्मको निर्माण कम्पनी लायका प्रोडक्सन र मद्रास टाकिजले ऐश्वर्याको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेको छ। पोस्टरमा सारी र गहनामा सजिएकी ऐश्वर्याको दमदार लुक देख्न सकिन्छ। फिल्ममा उनको पात्रको नाम नन्दिनी हो जहाँ उनी पाजुवुरकी रानीको भूमिकामा छिन्।

 

यस फिल्ममार्फत ऐश्वर्याले चार वर्षपछि फिल्ममा कमब्याक गरेकी हुन्। उनी पछिल्लोपटक सन् २०१८ मा रिलिज भएको फिल्म ‘फन्ने खान’ मा देखिएकी थिइन्, जसमा अनिल कपूर र राजकुमार रावको मुख्य भूमिका थियो। तर, यो फिल्म बक्स अफिसमा सफल हुन सकेन।

मणि रत्नमको निर्देशन रहेको यो फिल्म ५०० करोड बजेटमा बनेको हो। यस फिल्ममा ऐश्वर्याका साथै विक्रम, बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोविता धुलिपललगायतको अभिनय छ। फिल्म १९५५ को कल्की कृष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवान’ आधारित छ।

यो फिल्म आगामी ३० सेप्टेम्बरमा तमिल, तेलुगु, मलयालम कन्नड र हिन्दी भाषामा प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell