PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

मंसिर २ वा ४ गते चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव, देउवाले के दिए जवाफ?



पहिलोपोस्ट

मंसिर २ वा ४ गते चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव, देउवाले के दिए जवाफ?

काठमाडौं : निर्वाचन आयोगले मंसिर २ वा ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

निर्वाचन आयोगको आयुक्तहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति तय गर्न प्रस्ताव गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

‘मंसिर २ वा ४ गते चुनाव गर्न ठिक हुन्छ भनेर भनेका छौँ,’ उनले भने।

यस्तै, आयोगले एकै चरणमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर चाडै मिति तय गर्ने बताएका थिए।

‘प्रधानमन्त्रीले छलफल गरेर मिति तोक्छौँ भन्नुभएको छ,’ भण्डारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell