PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

भारतीय नम्बरको कारबाट ९० किलो गाँजा बरामद, दुई जना पक्राउ



पहिलोपोस्ट

भारतीय नम्बरको कारबाट ९० किलो गाँजा बरामद, दुई जना पक्राउ

वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले वीरगंज-२८ बगहीबाट ९० किलो गाँजा बरामद गरेको छ।

बगहीको बाटो हुँदै लागुऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने पूर्व सूचनाका अधारमा प्रहरीले बगही जाने सडक खण्डबाट यूपि ७० बिके ९९५५ नम्बरको इन्डिगो मेन्जर कारलाई रोकी जाँच गर्दा उक्त कारको डिकी र सिटमुनि लुकाइछिपाइ राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको हो।

९० किलो गाँजा र कारमा सवार भारत यूपी कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारतको बिहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नम्बर १० का २८ वर्षीय सुनिल भारतीलाई पक्राउ गरी लागुऔषधसम्बन्धि कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell