PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

सेवाग्राहीबाट घुस लिँदै गर्दा वीरगंजमा एक सबइन्जिनियर रंगेहात पक्राउ



पहिलोपोस्ट

सेवाग्राहीबाट घुस लिँदै गर्दा वीरगंजमा एक सबइन्जिनियर रंगेहात पक्राउ

वीरगंज : सेवाग्राहीसँग घुस लिँदै गर्दा वीरगंजस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सबइन्जिनियर पक्राउ परेका छन्।

सेवाग्राहीसँग भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन्। सबडिभिजन वन कार्यालय वसन्तपुर र सबडिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए।

दुबेलाई कार्यालयबाट नै पक्राउ गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले दिएको मौखिक उजुरीको आधारमा इन्स्पेक्टर मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले दुबेलाई पक्राउ गरेको थियो। दुबे धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell