PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

नेपाली क्रिकेट टोली क्यानडासँग पराजित



पहिलोपोस्ट

नेपाली क्रिकेट टोली क्यानडासँग पराजित
तस्बिर क्यान

काठमाडौं: नेपाली क्रिकेट टोली क्यानडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ। क्यानडास्थित मेफल लिफ क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर फिल्डिङमा उत्रिएको नेपाली टोलीले ८३ रनको लज्जास्पद हार ब्यहोरेसँगै क्यानडाले सिरिज जितेको हो।

सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाउँदा अरोन जोनशनले ४४, अमर खालिदले अविजित ३० रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा बसीर अहमेद, किशोर महतो, करण केसी र आदिल आलमले समान १ विकेट लिए

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९.२ ओभरमा अलआउट हुँदै १०५ रनमा समेटियो। नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाउँदा पवन सर्राफले १४ तथा बिनोद भण्डारी, बसीर अहमद र आदील आलमले समान १३ रन बनाए।

नेपाली टोली क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासँगको सिरिजका लागि अब स्कटल्याण्ड प्रस्थान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell