PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

जलवायु परिवर्तनले महिलाको जीवन र पर्यटन क्षेत्रमा कस्तो असर पारिरहेको छ? प्रभावबारे सन्देश दिन सेफुक्सुण्डोको पदयात्रामा



रासस

जलवायु परिवर्तनले महिलाको जीवन र पर्यटन क्षेत्रमा कस्तो असर पारिरहेको छ? प्रभावबारे सन्देश दिन सेफुक्सुण्डोको पदयात्रामा

काठमाडौं : जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन्।

आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो। फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो।

पदयात्रा घोषणा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने बताएका थिए। उनले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने बताए। कार्यक्रममा सम्बोधन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव राखेकी थिइन्। उनले कालापत्थर यात्रादेखि फुक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उत्साह ल्याएको बताएकी थिइन्।

यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, संचारकर्मीसहितको सहभागिता हुने आयोजकले जनाएको छ। हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ। गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो।

हरेक वर्षको नारी दिवसको दिन कालापत्थर वा सगरमाथा हिमालय क्षेत्रमा जलवायु न्यायको मुद्दा बोकेर पदयात्रा गर्ने निर्णयसमेत गरिएको छ। यसअघि भएको कार्यक्रमको प्रभावकारिता र सन्देशले उक्त कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन लागिएको हो।

गत मार्चको कालापत्थर कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालय, प्रकृति संरक्षण कोष, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य थियो। कालापत्थर अभियानकै निरन्तरतास्वरुप आगामी अक्टोबर ८ देखि १४ सम्म पदयात्रासहितको विशेष कार्यक्रम हुन लागेको हो। ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell